देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकार र विप्लव पक्षबीच चौथो चरणको वार्ता आज हुने

देशान्तर

सरकारी टोली र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच आज चौथो चरणको वार्ता हुने भएको छ।

बुधबार पुल्चोकस्थित गृहमन्त्री रामबहादुर थापाको आवासमा वार्ता भएको थियो । तेस्रो पटकको वार्ता सकारात्मक रहेको र आज पनि वार्ता जारी रहने सरकारी टोलीका एक सदस्यले बताए ।

यसअघि दुई चरणको वार्ता प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको थियो । दुवै पक्ष सहमती नजिक पुगेको सरकारी टोलीले दाबी गरेको छ ।

बुधबार बिहानदेखि गृहमन्त्री थापा र राजन भट्टराई तथा विप्लव समूहका खड्गबहादुर विश्वकर्मा र दीपक चलाउनेबीच वार्ता भएको थियो ।

बालुवाटारमा भएको वार्तामा सरकार विप्लव समूहका नेता तथा कार्यकर्ता रिहा गर्न सहमत भएको थियो। आजको वार्ता निर्णायक हुने बताइएको छ ।