देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रहरीले वार्ता अवधिभर विप्लव समूहका नेता–कार्यकर्ता पक्राउ नगर्ने

देशान्तर

प्रहरीले वार्ता अवधिभर प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता–कार्यकर्तालाई पक्राउ नगर्ने भएको छ । गृह मन्त्रालयको आदेशपछि प्रहरीले नेता–कार्यकर्ता पक्राउ नगर्ने भएको हो ।

बुधबारबाट गृह मन्त्री रामबहादुर थापा र विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्माको टोलीबीच वार्ता भइरहेको छ । प्रहरीका एक उच्च अधिकारीले भने,“दुवै पक्षबीच वार्ता जारी रहेकाले पक्राउ नगर्नू भन्ने आदेश छ । अहिले हामी विप्लव समूहविरुद्ध कुनै पनि प्रहरी कारवाही गर्दैनौं ।”

विप्लव समूहमाथि ०७५ फागुन २८ गते सरकारले प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सो समूहविरुद्ध संयुक्त रूपमा ‘सर्च एन्ड अरेस्ट अपरेसन’ चलाएका थिए । अपरेसनका क्रममा प्रहरीले विप्लव समूहका नेता–कार्यकर्तालाई जहाँ देख्यो त्यहीँ समात्दै आएको थियो ।