देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एक सयबाट सुरु गरेको वृद्धभत्ता अब ५ हजार पुर्‍याउँने प्रधानमन्त्रीको प्रतिबद्धता

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०५१ सालबाट एक सय रुपैयाँमा सुरु गरेको वृद्धभत्ता केही समयमा ५ हजार पुर्‍याउने प्रतिबद्धता जाहेर गरेका छन्।

सुनकोशी (मरिन डाइभर्सन केन्द्र सिन्धुलीमा शिलान्यास गर्दै उनले भने, ‘हामीले ०५१ सालबाट वृद्धभत्ता एक सयबाट सुरु गरेका थियौँ। अहिले तीन हजार पुगेको छ। केही समयमै ५ हजार पुर्याउछौँ।’

उनले वृद्धभत्तासँगै अन्य सामाजिक सुरक्षा भत्ताको समेत वृद्धि गर्ने बताए। देशको राजनीतिक अवस्थालाई लिएर प्रचण्ड–माधव पक्षलाई लक्षित गर्दै उनले पिलो निचोरिँदैमा ओजन नघट्ने बताए। अहिलको कम्युनिस्ट आन्दोलन देश समृद्ध बनाउनेतर्फ केन्द्रित भएको उनको भनाई छ।