देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चलचित्र ‘आँधी तुफान-२’ को घोषणा

देशान्तर

काठमाडौं – चलचित्र ‘आँधी तुफान-२’ को घोषणा गरिएको छ। आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर १६ वर्षअगाडि बनेको ‘आँधी तुफान’को सिक्वेलको घोषणा गरिएको हो। मदन घिमिरेको निर्देशन तथा मौनता श्रेष्ठको लेखन तथा प्रस्तुति रहेको यो चलचित्रमा सञ्जय खतिवडा, पुनम गौतम, आरती आचार्यलगायतका कलाकारको मूख्य भूमिका रहनेछ।

त्यस्तै, मुकुन्द थापा, धुब्र कोइराला, कनिज कोइराला, पुस्कार राउत, सिवन लामा, राजाराम गौतम, सान अधिकारी, याङ्सु श्रेष्ठ, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दिया ठकुरी, रमेश तामाङ, अरुण कालीराजलगायतको कलाकारको समेत अभिनय रहेको छ।