देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकार र ‘विप्लब’बीचको वार्ता सकारात्मक : नेता लेखक

देशान्तर

कैलाली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सरकार र विप्लप नेतृत्वबीच हुन लागेको वार्तालाई काँग्रेसले सकारात्मक रुपमा लिएको बताएका छन् ।

नेपाल प्रेस युनियनले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वार्ताबाट निस्कने जुन पनि सहमति छ त्यो बहुलवादमा आधारित, बहुदलीय प्रतिष्पर्धासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संसदीय व्यवस्थाको परिधिभित्र रहनुपर्ने बताए ।

उनले भने, “यदि वार्ता, संवादबाट यो परिधिभन्दा बाहिर गएर सहमति भयो भने त्यो सहमति काँग्रेसका लागि मान्य हुँदैन ।” प्रत्येक समस्याको समाधान वार्ता वा संवादबाट नै हल गर्नुपर्दछ भन्ने कांग्रेसको दृढ मान्यता रहेको उनले बताए । हत्या, हिंसा र आतङ्कको राजनीतिले मुलुक अगाडि बढ्न सक्दैन भन्ने विषयमा काँग्रेस प्रष्ट रहेको उनले विचार व्यक्त गरे ।