देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

देशान्तर

 नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । प्रतिनिधिसभा बैठक तयारीका क्रममा कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

बैठकले सरकारमा सहभागिता र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको विषयमा निर्णय लिने बताइएको छ । बैठकमा संसदमा कांग्रेसले खेल्नुपर्ने भुमिकाका विषयमा पनि छलफल हुनेछ ।

बिहीबार साँझ पार्टी सभापति निवास बुढानिलकण्ठमा बसेको बैठकले नेकपा औपचारिक रुपमा विभाजित नभइ सरकारमा सहभागिताका विषयमा अघि जान नहुने निस्कर्ष निकालेको थियो ।

बैठकमा सभापति देउवाले प्रधानमन्त्री बिरुद्ध अविश्वास अघि बढाउनुपर्ने बताएका थिए भने वरिष्ठ नेता पौडेलले हतार गर्न नहुने धारणा राखेका थिए ।