देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भोली माओवादी एकिकरण,संसारकै ठुलो केन्द्रीय समिति

देशान्तर

काठमाडौं । विधानसभाबाट घोषित संविधान अपूर्ण रहेको ठहर गर्दै जम्बो केन्द्रीय समिति बनाएर विभाजित माओवादी घटक दलको बिहिबार काठमाडौँमा घोषणासभा गर्ने निधो भएको छ। पार्टी एकतापछिको केन्द्रीय समिति ६ सय ९९ सदस्यीय बनाउने तयारी पार्टी एकता संयोजन समितिले टुंगो लगाएको छ । संयोजन समितिमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, क्रान्तिकारी माओवादीका अध्यक्ष रामबहादुर थापा, क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापा, नेक्रबिक्रम चन्द नेतृत्वको माओवादीका बसन्त घर्ती र जयपुरी घर्ती रहेका छन् । एकता प्रक्रियामा आउनेहरुका लागि एक सय सिट रिक्त राखेर ६ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउन लागिएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार हाल एमाओवादीको केन्द्रीय समितिमा एक सय २३ जना छन् । अन्य पार्टीबाट कनिष्टहरु केन्द्रीय सदस्य बनेर आउने भएपछि एमाओवादीले एक सय २३ जनाको केन्द्रीय समितिलाई बढाएर जम्बो बनाएको हो । सात प्रदेशबाट २५ जनाका दरले केन्द्रीय समितिमा बढुवा गर्दा एक सय ७५ जना थपिनेछन् । एमाओवादीका जिल्ला अध्यक्ष र जिल्लाका वरिष्ठ पदाधिकारी र केन्द्रीय परिषदका सदस्य आयोजक समितिमा रहने एक नेताले बताए । पहिले नै केन्द्रीय सदस्य भइसकेका ८० जनालाई केन्द्रीय समितिमा ल्याउने निर्णय एमाओवादीले गरेको छ । रामबहादुर थापा नेतृत्वको क्रान्तिकारी माओवादीका एक सय ४० जना महाधिवेशन आयोजक समितिमा रहनेछन् । दाहालको सचिवालयका अनुसार बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको केन्द्रीय परिषदका कम्तिमा २५ जना र चन्द नेतृत्वको माओवादीका कम्तिमा १० जना आयोजक समितिमा रहनेछन् ।

दैनिक कार्यसञ्चालनका लागि दाहाल नेतृत्वको स्थायी समितिमा उर्मिला अर्याल र लेखराज भट्टलाई थप्ने, रामबहादुर थापा समूहको स्थायी समिति, मणि थापा र जयपुरी घर्ती रहने कार्यालय बनाइने पनि दाहालको सचिवालयले जनाएको छ । पुष्पकमल दाहाल नेतृत्वको एमाओवादी, रामबहादुर थापा बादल नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेत्रविक्रम चन्द समूहका असन्तुष्ट नेताहरु, पार्टी परित्याग गरी बसेकी जयपुरी घर्तीबीच हुने एकतामा मात्रिका यादव नेतृत्वको माओवादी भने अहिले सहभागी नहुने भएको छ । अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ । 

]]>