देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अब तत्काल नेकपा एमालेको बैठक बोलाउँछु : प्रधानमन्त्री

देशान्तर

काठमाडौं – सर्वोच्च अदालतकाे फैसलासँगै प्रधानमन्त्री केपी शर्मा ओलीले अब तत्कालै नेकपा एमालेको बैठक बोलाउने बताएका छन् । ओली पक्षको संसदीय दलको बैठकमा बोल्दै उनले एमाले केन्द्रीय कमिटीको बैठक बोलाउने बताएका हुन् ।

उनले सर्वोच्चको फैसलाले सूर्य चिह्न कसको भन्ने भ्रम पनि मुक्त गरेको बताए । ‘अदालतले ऋषि कट्टेललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दिए पनि राजनैतिक रुपमा यसले मुलुकलाई सही कोर्समै लैजान्छ । अब नेकपा एमालेको बैठक बस्छ’, बैठकमा प्रधानमन्त्रीले राखेको भनाइ उधृत गर्दै सांसद महेश बस्नेत भने ।

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वमै नेकपालाई वैधता दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको छ ।