देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा एमालेको सचिवालय बैठक स्थगित

देशान्तर

नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । मंगलबार बिहानका लागि बोलाइएको बैठक तयारी नपुगेकाले स्थगित गरिएको हो ।

महासचिव ईश्वर पोखरेलले माधव नेपाल‚ झलनाथ खनाललगायत नेताहरु एमालेमा फर्किने निर्णय गर्नुअघि बैठक बोलाएका थिए । बिकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि थप गृहकार्य गरेर मात्रै बैठक राख्ने तयारी नेकपा एमालेको छ ।

नेपाल‚ खनाललगायतका नेताहरु एमालेमा नै फर्किएपछि थप तयारी गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको नेताहरुले बताएका छन । नेकपाको सचिवालयमा महासचिवको नेतृत्वमा दुई उपमहासचिव, पाँच सचिव र कार्यालय सचिव रहने व्यवस्था छ ।