देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोमल वलीद्धारा रघुजी पन्तविरुद्ध मुद्दा दायर

देशान्तर

काठमाडौं – राष्ट्रिय सभा सांसद कोमल वलीले नेता रघुजी पन्तविरुद्ध मुद्दा दर्ता गरेकी छिन्। सांसद वलीले आज काठमाडौं जिल्ला अदालत पुगेर मुद्दा दर्ता गरेकी हुन्। उनले मुलुकी अपराध संहिता २०७४ को दफा ३०५,३०६,३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दर्ता गराएकी हुन्।

केही साता अघि एक कार्यक्रममा नेता पन्तले नेकपामा कैयौं वर्ष संघर्ष र बलिदान दिएका महिलाहरु हुँदा पनि तिनले कुनै पद नपाएको तर कोमल वलीले भने तुरुन्तै पद पाएको बताएका भन्दै आलोचना गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र ओली समूह र प्रचण्ड-माधव नेपाल समूहबिच चर्को द्वन्द्व हुँदा पन्तले यस्तो अभिव्यक्ति दिएका थिए। नेता पन्तले आफूलाई अपमान गरेको भन्दै सांसद वली आक्रोसित बनेकी थिइन्। वलीले अदातमा पेस गरेको मुद्दामा दावी पुरा भए विस हजार रुपैयाँ र दुई बर्ष कैद सजाय वा दुबै हुन सक्ने व्यवस्था रहेको छ।