देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीसँग कुनै पनि हालतमा सहकार्य हुँदैन कांग्रेस नेता : कोइराला

देशान्तर

काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलापछि मुलुक झन् अन्योलमा परेको बताएका छन्।

बुधवार नेपाल प्रेस युनियन झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलन नेता कोइरालाले सत्ताका लागि एमालेसँग सहकार्य नहुने बताए। प्रधानमन्त्री ओलीले संविधान मिच्ने, संसद विघटन गर्ने लगायतका कार्य गरेको भन्दै ओलीसँग कुनै पनि हालतमा सहयात्रा नहुने बताए।

जसले देशलाई बर्बादीको दिशामा लग्यो उसैको नेतृत्वको सरकारले निरन्तरता पाउनु दुर्भायपूर्ण छ’, नेता कोइरालाले भने। उनले चुनाव गराउने सर्तमा कांग्रेस सरकारमा भने जाने बताए।