देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसले पदाधिकारी बैठक बोलायो

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।

शुक्रबार अपरान्ह तीन बजे सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा पदाधिकारी बैठक बोलाइएको हो।

कांग्रेस सहमहामन्त्री डा. प्रकाश शरण महतले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक डाकिएको जानकारी दिए।

उनका अनुसार पदाधिकारी बैठकलगत्तै जनता समाजवादी पार्टीका नेताहरुसँग पनि कांग्रेसले छलफल गर्ने कार्यक्रम तय छ।

यो छलफल पनि देउवा निवासमै हुने छ। जसपा र कांग्रेसबीच नयाँ सरकार गठनका सम्बन्धमा कुरा हुने भनिएको छ।

जसपाले सरकार गठनबारे नेकपा एमालेसँग पनि वार्ता गरिरहेको छ।