देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अस्पताल बनाउन कारौडौंको जग्गा दान

देशान्तर

बर्दिबास । दन्त्य रोगका एक बरिस्ठ चिकित्सकले गाउँमा हस्पिटल बनाउन करिब एक करोड २५ लाख रुपैयाँ मूल्य पर्ने जमिन दान दिएका छन् ।

बर्दिबास नगरपालिका वडा नंं.३ पाटुस्थित पुख्र्यौली गाउँमा सरकारी जनरल अस्पताल निर्माणका लागि डा. सुवाश घिमिरेले पाँच कट्ठा जग्गा दान गरेका हुन् ।

दान गरिएको जग्गामा बन्ने सरकारी जनरल अस्पताल भवनको शिलान्यास कार्यक्रममा नगर प्रमुख विदुर कार्की, वडा नं. ३ का वडा अध्यक्ष राजन ढुंगाना, डा. सुबाश घिमिरेका दाजु एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरे लगायत गाउँका मान्यजन, बिशिस्ठ व्यक्तित्वहरूको सहभागिता रहेको थियो भने वडा सदस्य गणेश बस्नेतले कार्यक्रम संचालन गरेका थिए ।

शिलान्यास कार्यक्रममा जग्गादाता डा. सुबाश घिमिरेले सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका आफ्ना बाबुको स्मृतिमा स्थानीय बासिन्दाले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गरुन् भन्ने आफ्ना बुबाको सपना रहेको उद्देश्यले जग्गादान गरेको बताउँदै स्थानीयहरु, नगर प्रमुख तथा वडा अध्यक्षलाई यस्तो अवसर जुटाईदिएकोमा धन्यवाद भन्दै आफ्नो मन आनन्दित भएको कुरा प्रकट गरे । नगर प्रमुख बिदुर कार्कीले भवन एक वर्षभित्र निर्माण हुने तथा उक्त हस्पिटल बनाउनका लागि नगरपालिकाले पैतालिस लाख रुपैयाँ सहयोग गर्ने जानकारी दिए ।

डा. घिमिरेका बुबा स्व. इन्द्र प्रसाद घिमिरे उक्त क्षेत्रमा सामाजिक कार्यमा नाम कहलिएका व्यक्तित्व थिए ।