देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओम समाज डेन्टल हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस मनाइने

देशान्तर

काठमाडौं – २०२१ को विश्व मुख स्वास्थ्य दिवस ओम समाज डेन्टल हस्पिटलमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइने भएको छ । वल्र्ड डेन्टल फेडरेसनको आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्व मुख स्वास्थ्य दिवस मनाइने गरेको छ । यस वर्ष पनि “जसको दाँत सबल, उसको जीवन सफल” भन्ने नारासाथ यो दिवस मनाइने भएको छ।

विश्व मुख स्वास्थ्य दिवस २०२१ ओम समाज डेन्टल हस्पिटल मा बिभिन्न जनचेतनामूलक कार्यक्रम – निस्सुल्क डेन्टल क्याप, स्कुले बालबालिका हरुलाई मुख स्वास्थ्यबारे जानकारी,मुख स्वास्थ शिक्षा,ब्रस तथा मन्जन बितरण,दन्त्य क्षेत्रमा कार्यरत उत्कृस्ट लाई सम्मान आदि,ईत्यादि गरि सम्पन्न गरिने भएको छ। उक्त कार्यक्रमको मुख्य अतिथि शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रि माननीय श्री कृष्ण गोपाल श्रेष्ठ, रहने बताइएको छ ।

सनिबार बिहान ८ बजे देखि सम्पन्न हुने कार्यक्रममा सम्पूर्ण दन्त्य चिकित्सक,डेन्टल हाइजिनिस्ट,डेन्टल सहाएक सबै उपस्थिति भई विश्व मुख स्वास्थ्य दिवस २०२१ कार्यक्रम लाई भब्य तथा सब्य बनाइदिनु हुन् आग्रह गरिएको ओम समाज डेन्टल हस्पिटलले बताएको छ ।