देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुवेदी र चुडालको संसदीय सुनुवाइ प्रक्रिया सुरु, समितिद्वारा उजुरी आह्वान

देशान्तर

काठमाडौँ — सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस भएका उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

संघीय संसद्को संयुक्त समिति संसदीय सुनुवाइ समितिले न्याय परिषदद्वारा सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको हो ।

समितिले प्रस्तावित न्यायधीशहरुविरुद्ध सूचना प्रकाशित भएको मितिदेखि १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको हो । समितिले न्यायाधीशमा सिफारिस व्यक्तिहरूलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुद प्रमाण खुलाएर १० दिनभित्र सूचना वा उजुरी दिन सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।