देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल–खनाललाई चैत ७ को पार्टी बैठकमा सहभागी हुन गौतमको आग्रह

देशान्तर

काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतमले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसहिताका नेताहरुलाई भोली बस्ने केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन आह्वान गरेका छन्। उनले सो बैठकमा आफू पनि सहभागी हुने धारणा राखेका छन्।

ललितपुरमा शुक्रबार आयोजित अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै गौतमले बैठकमा सहभागी भएर त्यहीबाट लडाइँ सुरु गर्नुपर्ने बताए।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले शनिबार केन्द्रीय कमिटी बैठक बोलाएका छन्। नेपाल(खनाल भने ओलीविरुद्ध उभिएका छन्। गौतम भने ओली र नेपाल(खनाल कुनै समूहतिर पनि खुलेका छैनन्।

उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीले फागुन २८ गते गरेको निर्णय फिर्ता गराउन बैठकबाटै दबाब दिनुपर्नेमा जोड दिए।