देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बडाल महान्यायाधिवक्तामा नियुक्त

देशान्तर

काठमाडौँ – रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रवक्ता रूपनारायण भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा ९२० बमोजिम काठमाडौं महानगरपालिका वडा नं. ७, चाबहिल निवासी अधिवक्ता श्री रमेश बडाललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ ।

शुक्रबार दिउँसो महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएपछि सरकारले अधिवक्ता बडालको नाम सिफारिस गरेको थियो । नवनियुक्त महान्यायाधिवक्ता बडाल एमालेनिकट ट्रेड युनियन जिफन्टका उपाध्यक्ष हुन् ।

खरेल २०७४ फागुन ८ गते महान्यायाधिवक्तामा नियुक्त भएका थिए । प्रतिनिधिसभा विघटनका विरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामा सुनुवाइका क्रममा पनि खरेलको राजीनामाको चर्चा भएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।