काठमाडौं – कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई कम्बोडिया जस्तो बनाउन थालेको आरोप लगाएका छन् ।
शनिबार वीरेन्द्रनगरमा आयोजित नेपाल राष्ट्रिय मगर संघको कर्णाली प्रदेशस्तरीय भेलामा उनले ओलीले संविधानजस्तै देशलाई पनि धुजाधुजा बनाउन लागेको बताए । ‘निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रधानमन्त्रीको आयोग हो,’ उनले भने, ‘दुवै आयोग दायाँ र बायाँ खल्तीमा चेपेका ओलीको दुवै खल्तीमा भ्वाङ परिसक्यो ।’
ओलीकरणबाट देशलाई कांग्रेसले मात्र बचाउन सक्ने उनको भनाइ थियो । दुई पाइलटले चलाएको जेट विमान दुर्घटना हुँदा कोही सिंहदरबारमा त कोही सडकमा पछारिएको उनको भनाइ छ । नेकपाका नेताहरुको पदलोलुपताको कारण देश नै दुर्घटनामा पर्न लागेको उनले खतरा औंल्याए ।





प्रतिक्रिया