देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारतले जित्याे इंग्ल्याण्डविरुद्धकाे टी २० सिरिज

देशान्तर

भारतले इङ्ग्ल्याण्डविरुद्धको पाँचौं टी ट्वान्टी सिरिज तीन दुई अंकले जितेको छ ।

शनिबार राति भएको अन्तिम तथा पाँचौं खेलमा भारतले इङ्ग्ल्याण्डलाई ३६ रनले पराजित गरेको हो ।

भारतको जितका लागि कप्तान विराट कोहलीले अविजित ८० रनको पारी खेले । यस्तै रोहित शर्माले ६४ रनको अर्धशतकीय पारी खेले । हार्दिक पाण्डेयले अविजित ३९ तथा सूर्यकुमार यादवले ३२ रन बनाए ।

भारतले दिएको २२५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इङ्ग्ल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १८८ रन बनायो । डाविड मालनले ६८, जोस बटलरले ५२ रन बनाए । यस्तै बेन स्टोक्सले १४, क्रिस जोर्डनले ११ तथा साम करणले अविजित १४ रन बनाए ।

भारतका शार्दुल ठाकुरले ३, भुवनेश्वर कुमारले २ तथा हार्दिक पाण्डेय र टी नटराजनले एक एक विकेट लिए ।

यसअघि भारतले दोस्रो र चौथो टी ट्वान्टी सिरिज पनि जितेको थियो । पहिलो र तेस्रो खेल भने इङ्ग्ल्याण्डले जितेको थियो ।