देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनताको बहुदलीय जनवाद हटाउने ओली नै हुन् : खनाल

देशान्तर

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद हटाउने व्यक्ति केपी ओली नै भएको बताएका छन् ।

युवा संघको भेलालाई सम्बोधन गर्दै उनले भने,पार्टी एकता गर्दा पनि विधिविपरीत ओलीको इच्छाअनुसार मात्रै गरे। जनताको बहुदलीय जनवाद हटाउने केपी ओली नै हुन्। पार्टी एकता गर्दा पनि व्यक्तिगत सम्झौता गरे। तर, आफैँले सम्झौताअनुसार अघि बढ्न सकेनन्।

ओलीको गलत विचारको कारणले एकता टुट्दै गइरहेको बेलामा अदालतको निर्णयले एकता भंग गरिदिएको उनले बताए। वरिष्ठ नेता खनालले ओली गुटबन्दी र दक्षिणपन्थी प्रवृत्तिमा चलिरहेको पनि आरोप लगाए। पार्टीले प्रधानमन्त्री बनाएपछि पार्टी बिर्सेको दाबी गरे।

ओलीले मन्त्रीपरिषद् समेत एकलौटी ढंगले विस्तार गरेको गुटको क्याबिनेट बनाएको आरोप उनको छ।