देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसले बोलायो पदाधिकारी बैठक

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले भोलि सोमबार दिउँसो दुई बजेका लागि बैठक डाकेका हुन् ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा १४ औं महाधिवेशन तथा समसायिक राजनीतिक अवस्थाका बारेमा छलफल हुने उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने विषयमा कांग्रेसमा छलफल भइरहेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ओलीको विकल्प खोज्न अग्रसरता नदेखाएको भन्दै सभापति देउवाप्रति असन्तुष्टि जनाइरहेको छ ।

तर, देउवाले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको र राजपाले समेत प्रष्ट निर्णय गरिनसकेकाले ओलीको विकल्प खोज्न परिस्थिति परिपक्व बनिनसकेको बताउँदै आएका छन् ।

सोमबारको बैठकमा यस विषयमा समेत छलफल हुने बताइएको छ । पदाधिकारी बैठकअघि नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि टिकट वितरण गर्ने विषयमा छलफल हुनेछ ।