देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालसहित चार नेतालाई एमालेको स्पष्टीकरण पत्र

देशान्तर


काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेको छ। महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता नेपाल‚ ​भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेका हुन्

चार जना नेताको घरमा स्पष्टीकरणको पत्र पुगिसकेको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले बताए। उनले भने‚उहाँहरुको स्वकीय सचिवमार्फत् भए पनि पार्टीको पत्र उहाँहरुको घरमा पुर्‍याइसकेका छौँ।

पार्टी विपरीत गतिविधि गरेको भन्दै शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले चारजनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। पार्टीभित्रको विवादको कारण एमाले विभाजनको चरणमा पुगेको छ।