देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले संसदीय दलको बैठक आज बस्दै

देशान्तर

नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । दिउँसो तीन बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउने र सांसद्हरूको विकास बजेट खर्चको सन्दर्भमा छलफल हुने नेताहरुले बताएका छन् ।

बैठकमा आगामी बजेटमा विकास निर्माणको योजना कसरी राख्ने, र पार्टीलाई कसरी एकजुट बनाउने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

सर्वोच्च अदालतले एमाले व्यूंत्याएपछि संसदीय दलको बैठक तीन पटक बसे पनि नेपाल पक्ष सहभागी भएको छैन । आजको बैठकमा पनि नेपाल पक्ष सहभागी हुने निश्चित छैन ।

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले यसअघि बालुवाटारमा संसदीय दलको बैठक बोलाएको भन्दै बहिष्कार गरेको थियो ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली फागुन २३ पछि एकपक्षीय ढंगले पार्टी सञ्चालन गर्न खोजेको, मनोमानी केन्द्रीय सदस्यको मनोनयन गरेको तथा नेताहरुको जिम्मेवारी खोसेको भन्दै नेपाल खनाल पक्षले समानान्तर गतिविधि सञ्चालन गर्दै आएको छ ।