देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

देशान्तर

काठमाडौं – कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्दै छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नविन्द्रराज जोशीको गए राति भएको निधनको सम्बन्धमा आज आकस्मिक बैठक बस्ने भएको हो ।

आज बिहान ११:३० बजे केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन ललितपुरमा बस्ने भएको हो। कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नविन्द्रराज जोशीको शुक्रबार राति निधन भएकाले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्नेछ।

बैठकमा जोशीको निधनबारे शोक प्रस्ताव गरिने छ। नेता जोशीको पार्थिव शरीर भोलि मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ।