देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीलाई कांग्रेसले विश्वासको मत दिन सक्दैन : रिजाल

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई आफूहरुले विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका छन् ।

बृहत नागरिक आन्दोलनले शनिबार प्रज्ञा डबलीमा आयोजना गरेको छलफलमा बोल्दै नेता रिजालले वर्तमान प्रधानमन्त्री ओलीमाथि आफूहरुको शुरुदेखि नै विश्वास नगरेको समेत बताए । त्यसैले भोलिका दिन पनि प्रधानमन्त्री विश्वासको मत लिन आए कांग्रेसले विश्वासको मत दिन नसक्ने उनले प्रष्ट पारे ।

तर वर्तमान प्रधानमन्त्री ओलीले चाहना गठबन्धनको सरकार बनाउनेभन्दा पनि संसदको ठूलो दलको हैसियतमा ७६ (३) को सरकार बनाएर चुनावमा जाने भएको बताएका छन् । वृहत नागरिक आन्दोलनले आज विभिन्न दलका शीर्ष नेताहरुसँग संवाद कार्यक्रम गरेको हो ।