देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकार लकडाउन गर्ने पक्षमा छैन : मन्त्री श्रेष्ठ

देशान्तर

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकार लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् ।

शनिबार मध्यपुर थिमि नगरपालिकाको २५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पछिल्ला दिनमा भारतमा कोरोना संक्रमण तीव्र बनेको र भारतबाट नेपाल फर्किनेको संख्या बढिरहेकोले स्वास्थ्य सुरक्षामा सम्झौता नगर्न आग्रह गरे ।

उनले स्वास्थ्यप्रति सजग रहँदै विद्यालय सञ्चालन गर्ने, स्वास्थ्य मापदण्ड पालनालाई कडाई गर्ने तर लकडाउन नगर्ने बताए । ‘विद्यालय बन्द गरेर होइन, स्वास्थ्य सुरक्षा अपनाएर कोरोनाको सामना गरिन्छ,’ उनले भने ।