देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीविरुद्धको अवहेलना मुद्दाको पेशी तोकियो ,सुनुवाई भएन

देशान्तर

काठमाडौ प्रधानमन्त्री केपी शर्मा ओली र चार जना पूर्वप्रधानन्यायाधीशविरुद्धको अवहेलना मुद्दामा शुक्रबार पेशी तोकिए पनि सुनुवाई भने हुन सकेन।

इजलासले उक्त मुद्दा हेर्न नभ्याइने भन्दै सुनुवाई नगरेको हो। सर्वोच्च अदालतले शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासमा उक्त मुद्दाको पेशी तोकेको थियो।

प्रधानमन्त्री ओलीविरुद्ध माघ १३ गते अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र कुमार शर्मा आचार्यले मुद्दा दायर गरेका थिए।

चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अधिवक्ता राजाराम घिमिरेले मुद्दा दायर गरेका थिए। यसअघि न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ओलीसहित पूर्वप्रधानन्यायाधीशलाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो।

आदेश अनुसार नै प्रधानमन्त्री ओली र चार पूर्व प्रधानन्यायाधीशले लिखित जवाफ पेश गरेका थिए। जवाफका क्रममा सबैले अदालतको अवहेलना नगरेको दाबी गरेका छन्।।