काठमाडौं – नेकपा एमाले माधव नेपाल समूहको स्थायी समितिको बैठक सकिएको छ । शुक्रबार दिउँसो बसेको बैठकले संगठन विस्तार तथा सुदृढीकरण अभियानको घोषणा गरेको छ ।
शनिबार अभियान घोषणा गर्ने निर्णय यस बैठकले गरेको छ । बैठकपछि सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै स्थायी समिति योगेश भट्टराईले चैत ४ र ५ गतेको राष्ट्रिय भेलाबाट पारित भएको राजनीतिक प्रतिवेदनलाई कार्यकर्ता माझ लैजाने निर्णय भएको जानकारी दिए ।
आजको बैठकमा त्यस राष्ट्रिय कार्यकर्ता भेलाबाट पारित भएको प्रतिवेदनमाथि पनि छलफल भएको भट्टराईले बताए । पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीको यस बैठकले विरोध जनाएको छ ।





प्रतिक्रिया