देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपतिज्यू मकहाँ आउनुभयो, खुसी लाग्यो : खनाल

देशान्तर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारी आफूकहाँ आउँदा आफूलाई खुसी लागेको बताएका छन् ।

राष्ट्रपति भण्डारीसँगको भेटपछि पत्रकारहरुसँग कुराकानी गर्दै नेता खनालले यस्तो बताएका हुन् । ‘राष्ट्रपतिज्यू, मकहाँ आज आउनुभयो,’ नेता खनालले भने, ‘मलाई बडो खुसी लागेको छ । मैले उहाँलाई हार्दिक स्वागत गरेँ । परिवारको तर्फबाट पनि स्वागत गरेको छु ।’

राष्ट्रपति भण्डारीले शनिबार दिउँसो नेता खनाललाई उनकै निवास डल्लु पुगेर भेट गरेकी थिइन् । उनीहरुबीच समसामयिक विषयमा कुराकानी भएको बुझिएको छ ।