देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमालेले कर्णाली प्रदेश सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलायो

देशान्तर

सुर्खेत – कर्णाली प्रदेशको एमाले संसदीय दलको बैठकले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेकाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मार्ग प्रशस्त गरिदिन आग्रह गर्ने भएको छ । आइतबार सुर्खेतमा बसेको दलको बैठकले सरकारमा रहेको प्रमुख घटकले समर्थन फिर्ता लिने निर्णय गरेकाले मार्ग प्रशस्त गरेर सहजीकरण गरिदिन मुख्यमन्त्री शाहीलाई आग्रह गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारमा एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा र दल रावल गरी तीन मन्त्री छन् । यस्तै बैठकले प्रमुख सचेतक गुलावजङ्ग शाहको अध्यक्षतामा तीन सदस्यीय विधान संशोधन सुझाव समिति गठन गरेको छ ।