देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पार्टी त्यागेका दुई प्रदेश सदस्यलाई पदमुक्त गर्न प्रचण्डको पत्रचार

देशान्तर

बुटवल । माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा आफ्नो पार्टीबाट निर्वाचित भएर पार्टी परित्याग गरेका दुई सांसदलाई पदबाट हटाउन लुम्बिनी प्रदेश संसद सचिवालयलाई पत्रचार गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रबाट निर्वाचित सांसदद्वय दधिराम न्यौपाने र दिनेश पन्थीलाई सांसद पदबाट हटाउन पत्राचार गरेका हुन् ।

माओवादी केन्द्र परित्याग गरेका सांसद न्यौपाने र पन्थीलाई यसअघि माओवादी केन्द्रले स्पष्टिकरण सोधेको थियो । न्यौंपाने र पन्थी दुविया माओवादी केन्द्र छोडेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।

प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित रूपन्देहीका न्यौपाने र गुल्मीका पन्थी नेपाल कम्युनिष्ट पार्टी नेकपाको विघटनपछि माओवादी केन्द्रमा नफर्कीइ ओलीकै नेतृत्वमा रहने निर्णय गरेका थिए ।