देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज बस्ने प्रतिनिधिसभा बैठकमा निजामती सेवा विधेयक पेश हुने

देशान्तर

काठमाडौं . आजको प्रतिनिधिसभाको बैठकमा निजामति सेवा विधेयक पेश हुने भएको छ। लामो समयदेखि विवादास्पद निजामती सेवा विधेयक संसदमा पेश हुन लागेका हो

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेश गर्ने संसद् सचिवालयले जनाएको छ।

यस्तै, बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष ०७६र७७ को वार्षिक प्रतिवेदन पेश हुनेछ।

यस्तै, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, ०७७ पेश गर्दैछन्।