देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

खनाल-नेपाल समूहले बागमती प्रदेश कमिटी घोषणा गर्दै

देशान्तर

काठमाडौँ – नेकपा एमालेको खनाल-नेपाल समूहले समानान्तर कमिटी घोषणालाई तीव्रता दिने क्रममा मंगलबार बागमती प्रदेश कमिटी घोषणा गर्ने भएको छ। केन्द्रदेखि वडा तहसम्म समानान्तर कमिटी गठन प्रक्रिया सुरु गरेको समूहले बल्खुस्थित एक पार्टी प्यालेसबाट बागमति प्रदेशको समानान्तर कमिटी घोषणा गर्न लागेको हो ।

दिउँसो १२ बजे बस्ने बागमती प्रदेशको स्थायी समिति बैठकले उक्त निर्णय गर्ने एक स्थायी समिति सदस्यले जानकारी दिए। सर्वोच्च अदालतले नेकपा विभाजन गर्ने फैसला गरेसँगै एमालेमा केपी शर्मा ओली र झलनाथ खनाल-माधव नेपाल पक्षले समानान्तर ढङ्गले गतिविधि गर्दै आएका छन्।