देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जसपाका शीर्ष ६ नेताको बैठक सुरु, सत्ता समीकरणमा निर्णायक हुने

देशान्तर

काठमाडौ । सत्ता समीकरणबारे निर्णय गर्न जनता समाजवादी पार्टी जसपाका शीर्ष ६ नेताको बैठक सुरु भएको छ।

पार्टी कार्यालय बालकुमारीमा सुरु भएको बैठकले नयाँ सरकार गठनमा सहयोग गर्नका लागि नेपाली कांग्रेसले गरेको आग्रहबारे महत्वपूर्ण निर्णय गर्ने बताइएको छ।

छलफलमा जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् सदस्य डा। बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ सहभागी भएका छन्।

शुक्रबार कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जसपाका नेतालाई आफ्नै निवास बूढानीलकण्ठ बोलाएर आफ्नो नेतृत्वमा सरकार बनाउन सहयोग गर्न आग्रह गरेका थिए।

देउवाको प्रस्तावमा माओवादीले समर्थन जनाए पनि जसपाले भने समय मागेको थियो। नयाँ सत्ता समीकरणको लागि कांग्रेसलाई साथ दिने कि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएर जाने भन्ने विषयमा जसपामा दुई धार छ।