देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अविश्वासको प्रस्तावमा सहयोग गर्छौं : चित्रबहादुर केसी

देशान्तर

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वेच्छाचारी कदम चालेको भन्दै राष्ट्रिय जनमोर्चाले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता गरेको छ। जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन्। 

अध्यक्ष केसीबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रमा प्रधानमन्त्री केपी ओलीको स्वेच्छाचारी कार्यशैली, जनहित र संसदीय प्रजातान्त्रिक मूल्य-मान्यताका विरुद्धका कार्य तथा आफ्नै पार्टीका निर्णयहरू समेतलाई उल्लंघन गर्ने कार्य र कार्यशैलीको हामीले विरोध गर्दै आएका थियौँ।

त्यस सिलसिलामा उनले असंवैधानिक तरिकाले संसदको विघटन गरेपछि हामीले उनको नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेका  थियौँ। उनका त्यसप्रकारको क्रियाकलापहरूबाट २०६२/६३ को महान जनआन्दोलनका उपलब्धीहरु गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता आदिमाथि गम्भीर खतरा उत्पन्न भएको छ।​’