देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध आजै अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी

देशान्तर

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशलाई दिएको समर्थन फिर्ता लिएसँगै विपक्षी दलहरुले सरकार विरुद्ध अविश्वासको प्रस्ताब दर्ता गर्ने तयारी गरेका छन् ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हिजो गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएपछि विपक्षी दलहरू आज अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

गण्डकी प्रदेश सभामा रहेका ६० जना सांसदमध्ये स्वतन्त्र सांसद दीपक मनाङेसहित एमालेका २८ जना सांसद छन् ।

भने जनमोर्चका ३ जना सांसद रहेका छन् । बर्तमान सरकार जोगाउन सरकारलाई जनमोर्चाको समर्थन अनिवार्य रहेको छ ।

यता, नयाँ सरकार गठन गर्नका लागि एमालेबाहेक अरु सबै दल मिल्नुपर्छ ।