देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सर्वदलीय बैठक आज बस्दै

देशान्तर

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । प्रधानमन्त्री ओलीले विहान ११ बजे बालुवाटारमा बैठक बोलाएका हुन् ।

संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि समसामयिक राजनीतिक विषयमाथि छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको बताइएको छ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबं पार्टीका शीर्ष नेतालाई निमन्त्रणा गरिएको छ । तर जनता समाजबादी पार्टी (जसपा)का संघस्य परिषद अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भने बैठकमा निमन्त्रणा गरिएको छैन ।

निमन्त्रणाका लागि प्रधानमन्त्री ओलीले हिजो नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि टेलिफोन गरेका थिए ।

ओली नेतृत्वको सरकार ढाल्न प्रचण्ड, जसपाको बाबुराम–उपेन्द्र पक्षले कांग्रेसलाई दवाव दिएपछि सभापति शेरबहादुर देउवाले पहल लिइरहेका बेला तथा प्रदेशमा एमाले नेतृत्वका सरकारमाथि धमाधम अविश्वासका प्रस्तावहरु आइरहेका बेला ओलीले बोलाएको सवंदलीय बैठकमा सबैको चासो छ ।