देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

देशान्तर

काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। कांग्रेस, माओवादी र जसपासहितका मोर्चाबन्दीले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको हो। प्रस्तावित मुख्‍यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ।

लुम्बिनी प्रदेशमा एमालेका ४१, कांग्रेसका १९, माओवादी केन्द्रका २०, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ जना गरी ८७ सांसद छन्। अविश्वास प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ गरी ४१ जनाले हस्ताक्षर गरेको बताइएको छ। यहाँ बहुमतको सरकार बनाउनका लागि ४३ मत आवश्यक पर्छ।

तर, कर्णालीमा माधवकुमार नेपाल समूहले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री पोखरेललाई पनि आफ्नो कुर्सी जोगाउन समस्या परेको छ। माधव समूहले फ्लोर क्रस गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुख्यमन्त्री पोखरेलको कुर्सी जोगाउन चुनौती थपिएको छ।