देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

समर्थन फिर्ताबारे निर्णय लिने जिम्मा दाहाललाई

देशान्तर

काठमाडौं – सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न दाहाललाई जिम्मेवारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

सरकारलाई दिएको समर्थन फिर्ता गर्नेबारे निर्णय लिने जिम्मेवारी पार्टी अध्यक्षलाई दिएका छौँ। अब उहाँले आवश्यक निर्णय लिनुहुन्छु उनले भने।