देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एनएसएलमा आज दुई खेल : पहिलो जितको खोजीमा पोखरा थन्डर्स

देशान्तर

काठमाडौं – पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चितवन फुटबल क्लबले बुटबल लुम्बिनी एफसीसँग प्रतिस्पर्धा गर्नेछ। 

पहिलो खेलमा ललितपुरसँग बराबरीमा रोकिएको चितवन आजको खेलमा जित निकाल्दै तालिकामा माथि पर्ने प्रयासमा रहने छ। यता पहिलो खेलमै पोखराविरुद्ध सहज जित निकालेको बुटबल लुम्बिनी फुटबल क्लब लगातार जित निकाल्दै अंक तालिकाको शीर्षस्थानमा आउने दाउमा रहने छ। 

उनीहरूबीचको खेल दिउँसो साढे २ बाट सुरु हुनेछ। आजै साढे ५ बाट सुरु हुने खेलमा विराटनगर सिटी फुटबल क्लबले पोखरा थन्डर्स फुटबल क्लबको सामना गर्नेछ। पहिलो खेलमा ३–० गोलको सानदार जित निकालेको विराटनगर आजको खेलमा पनि सोही लय कायम गर्दै अघि बढ्ने दाउमा हुनेछ।

यता विराटनगरलाई स्तब्ध बनाउँदै पोखरा थन्डर्स पहिलो जित निकाल्न चाहन्छ। उसले पहिलो खेलमा बुटवलसँग २-० गोलको हार बेहोरेको थियो। दोस्रो चरणका खेल चलिरहँदा विराटनगर, बुटबल लुम्बिनी, काठमाडौं रेजर्स र धनगढीको समान ३-३ अंक छ। यता ललितपुर र चितवनको समान १-१ अंक छ। पोखरा थन्डर्स अंक बटुल्न नसकेको एकमात्र टिम हो।