काठमाडौँ । कोभिड-१९ को संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले परिस्थिती झनै डरलाग्दो भएको भन्दै लकडाउनलाई थप कडाई गर्ने नीति लिएको छ ।
शुक्रबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थाहरू र सरकारी कार्यालयहरू एक चौथाई मात्र कर्मचारी राखेर सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै निजी क्षेत्रको निर्माण कार्य ठप्प पार्ने र सार्वजनिक स्थलको निर्माण कार्यलाई भने त्यही खानाको व्यवस्था मिलाएर काम गराउने जस्ता निर्णय गरेको छ ।
बैठकले भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्ने सिफारिश गरेको छ । दोस्रो लहरको कोभिड–१९ को जोखिम क्रमशः बढ्दो भएकाले थप सचेतनाका उपायबारे सिफारिश गरेको हो । उक्त सिफारिशबारे अब बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुनेछ ।





प्रतिक्रिया