देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१४ औँ सिजनको इण्डियन प्रिमियर लिग आइपिएल स्थगित

देशान्तर

काठमाडौं – भारतमा जारी १४ औँ सिजनको इण्डियन प्रिमियर लिग आइपिएल स्थगित भएको छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआई ले मंगलबार अनिश्चितकालका लागि आइपिएल स्थगित गरेको हो। खेलाडीहरु तथा टिम स्टाफहरूमा कोरोना संक्रमण देखिन थालेपछि बिसिसिआईले अनिश्चितकालका लागि आइपिएल स्थगित गरेको हो ।

हालै कोलकाता नाइट राइडर्सका २ तथा सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्सका एक–एकखेलाडीमा कोरोना देखिएको थियो। कोलकाताका स्पिनर वरुण चक्रवर्ती, अलराउन्डर सन्दीप वारियर, हैदरावादका विकेटकिपर ब्याट्सम्यान ऋद्धिमान साह र दिल्लीका स्पिनर अमित मिश्रामा कोरोना संक्रमण पुष्टि भएको हो।

यसका साथै चेन्‍नईका मुख्य कार्यकारी अधिकारी कासी विश्वनाथन, बलिङ कोच एल बालाजी र एक बस क्लिनरलाई पनि कोरोना देखिएको थियो। जारी सिजनमा २९ म्याच भइसकेका छन्। खेलहरु दर्शकविहीन रंगशालामा खेलाइँदै आएको थियो। यो अवस्थासम्म दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्ष स्थानमा थियो।​​

हाललाई आइपिएल स्थगित गरिएको हो यदि पूर्ण रूपमा रद्द गरियो भने बोर्डलाई २००० करोडको घाटा पर्ने जनाइएको छ। कोरोनाले गर्दा यस वर्ष भारतमा आयोजना हुने टी(२० विश्वकप पनि अन्यौलता देखिएको छ। पछिल्लो समय भारतमा कोरोना संक्रमण उच्च देखिएको छ।