देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन आगामी जेठ १७ गते हुने

देशान्तर

काठमाडौँ – लुम्बिनी प्रदेशको अन्य समूहका तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन आगामी जेठ १७ गते हुने भएको छ। सो समूहबाट निर्वाचित चन्द्रबहादुर खड्काको रिक्त पदपूर्तिका लागि सरकारको निर्णयानुसार सो दिन बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरिएको छ।

उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत भएको भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

दाङ जिल्लाको घोराहीस्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगले निर्णय गरेको छ।