देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रियसभा सदस्यमा आफ्नो जित सुनिश्चित भइसकेको थापाको दावी

देशान्तर

हेटौंडा -नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा सदस्यमा आफ्नो जित सुनिश्चित भइसकेको दावी गरेका छन्।

बागमती प्रदेशको राजधानी हेटौँडा पुगेर राष्ट्रियसभामा उम्मेदवारी दिएपछि थापाले आफ्नो जित पक्का भइसकेको बताएका हुन्।

आगामी जेठ ६ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि आज हेटौँडा आएर उम्मेद्दवारी दर्ता गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै बादलले एमालेको सबै भोट आफूले प्राप्त गर्ने बताए।

एमालेको एक समुहले स्वतन्त्र उम्मेदवारलाई मत दिने कुरा सुनिएको छ निरु भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै बादलले भने,ुअहिले प्रदेशको ९ हजार ६ सय ६४ मत मध्ये हाम्रो पार्टीको ५ हजार १ सय ३० मत छ, यो मतले नै के स्पष्ट गरेको छ भने यो निर्वाचनमा मेरो जित निश्चित छ, पार्टीभित्रबाट स्वतन्त्रलाई मत जान्छ भन्ने हल्ला मात्र हो।ु