देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बहुमतको सरकार बनाउन राष्ट्रपतिको आह्वान

देशान्तर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आहृवान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयद्वारा सोमबार साँझ विज्ञप्तिमा ३० बैशाख साँझ ९ बजेसम्म बहुमत पुर्‍याएर आउन दलहरूलाई आग्रह गरिएको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका छन् ।