देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोनाबाट मृत्यु हुनुमा सरकार जिम्मेवार :देउवा

देशान्तर

काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको चरम लापरवाहीले कोरोना संक्रमितको मृत्यु बढेको बताए ।

सरकारको चरम लापरवाही, असंवेदनशीलता र अर्कमन्यताका कारण बढ्दो संक्रमणसँगै आइसीयू, भेन्टिलेटर र अक्सिजन अभावमा मृत्यु हुनेको संख्या बढेको उनले बताए ।
सभापति देउवाले यस्तो परिस्थितिमा सबै नागरिकलाई सचेत रहन आग्रह गरे।

इस्लाम धर्मावलम्बीहरुको पवित्र पर्व ईद उल फित्र को शुभकामना दिँदै देउवाले नियमित रुपमा नमाज गरी राख्दा स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गर्न समेत अनुरोध गरे।