देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्रिपरिषद् विस्तार, पुरानै मन्त्रीलाई निरन्तरता

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गरेका छन्।

नव नियुक्त मन्त्रीहरूलाई पनि राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाएकी छिन्। त्यसलगत्तै प्रधानमन्त्री ओलीले नवनियुक्त राज्यमन्त्रीहरूलाई शपथ खुवाएका छन्। ओलीले पुरानै मन्त्रीहरूलाई दोहो¥याएका छन्। 

कोको भए मन्त्री ?
ईश्वर पोखरेल, उप्रपधान तथा प्रधानमन्त्री कार्यालय
रामबहादुर थापा, गृह
टोपबहादुर रायमाझी, उर्जा
विष्णु पौडेल, अर्थ
प्रदिप ज्ञवाली, परराष्ट्र
हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या
लेखराज भट्टर, उद्योग, बाणिज्य तथा आपूर्ति
कृष्णगोपाल श्रेष्ठ, शिक्षा
प्रभु साह, सहरी विकास
भानभुक्त ढकाल, पर्यटन
मणिचन्द्र थापा, खानेपानी
पद्मा अर्याल, कृषि
बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात
गौरीशंकर चौधरी, श्रम, रोजगार
पार्वत गुरुङ, सञ्चार
शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
लिलानाथ श्रेष्ठ, कानून
गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन
प्रेमबहादुर आले, वन
जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
दावा लामा तामाङ, युवा तथा खेलकुद