देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले महाधिवेशनको हिसाव किताब मिलेन

देशान्तर

काठमाडौं । एमालेले करिब दुई वर्षअघि भएको नवौं महाधिवेशनको आम्दानी खर्चको हिसाव किताव अझै र्फस्योट गर्न सकेको छैन । केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेलले महाधिवेशनको हिसाव किताब नमिलेको बताएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको केन्द्रीय कमिटीको बैठकमा कँडेलले भने,’सबै अडिट भइनसकेकाले सवै विवरण पेश गर्न सकिएको छैन ।’ कंँडेलले असार ०७१ मा सम्पन्न नवौं महाधिवेशनमा पाँच करोड सहयोग संकलन गर्ने लक्ष्य राखिएकोमा एक करोड रुपैयाँमात्रै आम्दानी भएको तर खर्च भने चारकरोड रुपैयाँ हाराहारीमा भएको जनाएका छन् ।

सवै महाधिवेशन तिर लाग्दा अनुमानित रकम उठ्न नसकेको जसले गर्दा महाधिवेशन खर्च घाटा देखिएको कँडेलले बताए । आजको नयाँ पत्रिका देनिकमा समाचार छ ।

]]>