देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना नियन्त्रणमा देउवाले मागे अन्तर्राष्ट्रिय निकायसँग सहयोग

देशान्तर

काठमाडाैं‌ । नेपाली कांग्रेसले विषम अवस्थामा नेपाललाई सहयोग गरिदिन मित्रराष्ट्र र अन्तरराष्ट्रिय संघ, संस्थाहरूलाई आग्रह गरेका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना महामारीले उग्र रुप लिएको भन्दै यस्तो बेलामा सहयाेग गर्दिन आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ‚ ‘देशभरिका अस्पतालहरुमा संक्रमितका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटरसहितका आईसीयू बेड र औषधीको नितान्त अभाव भइसकेको छ । सुदूरपश्चिम लगायतका दुर्गम स्थानहरु र देशभरिमा नै अक्सिजन अभावले ठूलो संख्यामा मानिसको मृत्यु भइरहेको छ। यस विषम घडीमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई आवश्यक सहयोग गरि दिन हुन पनि अपील गर्दछु ।’

उनले कोरोना रोकथामका लागि तत्काल अक्सिजन, आईसीयू बेड र खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । ‘भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरि सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सिजन, आईसीयू बेड, खोप लगायतका औषधीको व्यवस्था गर्न सरकारसँग माग गर्दछु,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।