देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्रीको सपथविरुद्ध परेको रिटको सुनुवाई प्रधानन्यायधीशको इजलासमा

देशान्तर

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको शपथ बदरको माग गर्दै परेका रिटको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बेन्चमा परेको छ।

प्रधानमन्त्री ओलीले लिएको शपथमा केही शब्दहरू उच्चारण नै नभएको, जुन कार्य गैर-संवैधानिक भएको र आफूअनुकुल शब्द प्रयोग गरी शपथ ग्रहण गर्न गरेको भन्दै वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरू लोकेन्द्र ओली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवालले सर्वोच्च अदालतमा हिजो छुट्टाछुट्टै चार वटा रिट निवेदन दर्ता गराका थिए। चार वटै रिटको सुनुवाइ प्रधानन्यायाधीशको एकल इजलासमा परेको हो।

गत वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउँदा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावलीलाई ‘त्यो पर्दैन’ भनेर वाचन गर्दा राष्ट्रपतिजस्तो सर्वोच्च संस्थाको मानमर्दन भएको ठहर रिटमा गरिएको छ। यस्तै सङ्घीय संसद्का सदस्य नै नभएका तर प्रतिनिधिसभाको एउटै कार्यकालमा दोहोर्‍याएर मन्त्री नियुक्त भइ शपथ ग्रहण गरेका सात जनाको नियुक्ति अन्तरिम आदेशद्वारा बदर गर्न समेत माग गरिएको छ।